लागूऔषधसहित दुईजना पक्राउ


प्रस, पर्सागढी, २८ भदौ/
    पर्सागढी नगरपालिका–३ बडनिहारबाट शनिवार साँझ लागूऔषधसहित दुईजनालाई प्रहरी चौकी बिरुवागुठीले पक्राउ गरेको छ।
    ना.१६प ४९८४ नं.को पल्सर मोटरसाइकलमा लागूऔषध लुकाइ जीतपुरतर्फ लैजाँदै गर्दा वीरगंज महानगर–३२ परसवा बस्ने समीर महतो र धु्रव पञ्जियारलाई पक्राउ गरिएको बिरुवागुठी प्रहरी चौकीका इन्चार्ज नीलराज काफ्लेले बताए। उनीहरूको साथबाट लागूऔष नाइट्रोभेट २१ फाइल र कोरेक्स ६ थान बरामद भएको र कारबाईको लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्