चल्लासहित दुईजना पक्राउ


प्रस, पंचगावाँ, २८ भदौ/
    भारतबाट अवैधरूपमा चल्ला नेपाल भित्र्याएको आरोपमा दुईजनालाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको छ।
    भारतीय नं.को दुईवटा मोटरसाइकलमा ३९ कार्टुन चल्ला लिएर नेपालतर्फ आइरहेका विन्दवासिनी गाउँपालिका–३ झौवागुठी बस्ने ललन साह कानू र भारत, बिहार, पूर्वी चम्पारण महदेवा बस्ने नरेश यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउ परेका दुवैजना र बरामद गरिएका चल्लालाई कारबाईको लागि पशु क्वारेन्टाइन श्रीसिया पठाइएको प्रहरीले जनाएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्