माझीको परिवारलाई खाद्यान्न सहयोग


प्रस, पर्सागढी, २८ भदौ/
    निषेधाज्ञामा बेरोजगारी भई खानलाई समेत समस्या भएपछि विषसेवन गरेर आत्महत्या गरेका वीरगंज–३१ बेलवाका सतन माझीको परिवारलाई सामाजिक कार्यकर्ताहरूले खाद्यान्न सहयोग गरेका छन्।
    सामाजिक कार्यकर्ता प्रकाश थारू, प्रेम घिमिरेले मृतक माझीकी पत्नी रवितादेवी माझीलाई ९० किलो चामल, ३ किलो दाल, ६/६ वटा लुगाधुने र नुहाउने साबुन, २ किलो नून सहयोग गरेका छन्। सतन माझीले निषेधाज्ञामा रोजगार नपाएर परिवार भोकै भएपछि विषसेवन गरेर आत्महत्या गरेका थिए। माझीले विषसेवन गरेर आत्महत्या गरेको समाचार सार्वजनिक भएपछि माझी परिवारलाई खाद्यान्न सहयोग गरिएको हो। माझीको घरमा आमा, पत्नी र दुईजना छोराछोरी छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्