चिरञ्जीवी सापकोटा, ठोरी, २८ भदौ/
ठोरी गाउँपालिकाको सबैभन्दा प्राचीन एवं विकट बस्ती शिकारीबासमा गएराति परेको पानीले खहरे खोलामा बाढी आएपछि धानखेती कटान गरेको छ। ठोरी गापा–३ को शिकारीबासमा गएराति खोलामा बाढी आएको कारण सञ्जय चौधरी र भगन चौधरीको ७ कट्ठा बराबरको धानखेती बगाएको राजेन्द्र चौधरीले जानकारी गराए।
दुई दिनअघि बाढीका कारण चौधरीद्वयको दुई बिघा धानखेती बाढीले बगाएको थियो।
यसैबीच, गएराति परेको चट्याड्ढा कारण ठोरीका विभिन्न स्थानमा विद्युतीय सामग्रीमा क्षति पु–याएको छ। चट्याड्ढा कारण पङ्खा, फ्रिज, वाइफाइको राउटर, टेलिभिजन जस्ता विद्युतीय सामग्रीहरूमा क्षति पुगेको ठोरी–२ गौतमनगर निवासी राजु घिमिरेले जानकारी दिए।
वर्षात्को समयमा खोलामा बाढी आउने र अन्य समयमा जङ्गली जनावरको त्रास हुने शिकारीबासमा सहज जीवनयापनको लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ।