द हैबिट इन्स्टलेशन विषयमा प्रशिक्षण

116


प्रस, वीरगंज, २७ भदौ/
    ह्युमन रिसोर्सेस सोसाइटी नेपालको आयोजनामा द ह्याबिट इन्स्टलेशन प्रोटोकल विषयमा प्रशिक्षण कार्यक्रम शुक्रवार वीरगंजमा सम्पन्न भएको छ।
    प्रदेश २ का विभिन्न सङ्घसंस्था तथा म्यानेजमेन्ट कलेजका विद्यार्थीहरूलाई शुक्रवार अनलाइनबाट सेली डटकम वीरगंजका चेयरपर्सन तथा ग्लेसियर इन्टरनेशनल कलेजका निर्देशक राजेन्द्र कोइरालाले प्रशिक्षण दिएका थिए।
    सोसाइटीका कार्यकारी सदस्य तथा प्रदेश २ का प्रतिनिधि अनिल जायसवालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा ७८ जना विद्यार्थी अनलाइनमार्फत् सहभागी भएको सोसाइटीका अध्यक्ष मोहन ओझाले जानकारी गराएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्