मुखियामाथि धारिलो हतियार प्रहार

प्रस, रौतहट, २६ भदौ/
अज्ञात व्यक्तिले राजपुर नगरपालिका वडा नं २ फतुवा महेशपुर टोलका ५४ वर्षीय सुरज मुखियामाथि धारिलो हतियार प्रहार भएको छ।
प्रहारबाट मुखिया गम्भीर घाइते भएका छन्। आज बिहान ५ः३० बजे धानखेती हेर्न जाँदै गर्दा अपरिचित व्यक्तिले मुखियामाथि छुरा प्रहार गरेको थियो।
घाइते मुखियाको सदरमुकाम गौर अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि वीरगंज लगिएको छ। छुरा प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्