एसपी र डीएसपीसहित १७ जना सङ्क्रमित

0
257

प्रस, सप्तरी, २६ भदौ/
    जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक र नायब उपरीक्षकसहित १७ जना सुरक्षाकर्र्मी कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ।
    राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा बिहीवार गरिएको पिसिआर परीक्षण रिपोर्टमा ४४ वर्षीय प्रहरी उपरीक्षक, ४५ वर्षीय प्रहरी नायब उपरीक्षकसहित १७ जनामा  कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले शुक्रवार बिहान जानकारी दिए।
    सङ्क्रमण पुष्टि भएकाहरूलाई होम आइसोलेशनमा राखिएको छ। सप्तरीमा हालसम्म ५७ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here