लकडाउन र निषेधाज्ञाका कारण मुसहरद्वारा आत्महत्या

124

प्रस, वीरगंज, २६ भदौ/
    लकडाउन, निषेधाज्ञाका कारण दुई छाक खानलाई समस्या भएपछि वीरगंज महानगरपालिका–३१ बेलवाका एकजना मुसहर युवकले विषसेवन गरी आत्महत्या गरेका छन्।
    बिहीवार राति वीरगंज–३१ बेलवाका ३० वर्षीय सतन माझीले विषसेवन गरेको र उपचारको क्रममा शुक्रवार बिहान तीन बजे निधन भएको सामुदायिक सेवा केन्द्र मुर्ली, श्रीपुरका सचिव दिलीप प्रधानले बताए। मृतक माझीको नेपाल इन्डो अस्पतालमा मृत्यु भएको हो। मृतक माझीको परिवारसँग खानासम्मको पैसा नभएपछि अस्पतालले रु ९ हजार २ सयको बिल मिनाहा गरेको सचिव प्रधानले बताए।
    मृतक माझीका दुईजना ससाना छोराछोरी छन्। लकडाउन र निषेधाज्ञामा रोजगारविहीन भएर खानलाई समस्या भएपछि उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्