१६ जना सङ्क्रमित थपिए

169

प्रस, परवानीपुर, २५ भदौ/
नारायणी अस्पताल वीरगंज पिसिआर प्रयोगशालामा २९२ जनाको स्वाब नमूना परीक्षण गर्दा ५ जना महिलासहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बुधवार अबेर राति सार्वजनिक गरिएको रिपोर्ट अनुसार पर्साका ७ जना, बाराका ७ जना र रौतहटका २ जना गरी कुल १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए ।
६ देखि ७४ वर्षसम्मका महिला तथा पुरुष सङ्क्रमणको शिकार भएका छन् । उनीहरूमध्ये १६ जनाको सिटी भ्यालु १८ देखि ३० सम्म रहेको प्रवक्ता डा चौरसियाले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्