विपी जयन्तीको उपलक्ष्यमा विविध कार्यक्रम

0
258

प्रस, वीरगंज, २४ भदौ/
    १०७औं विपी जयन्तीको अवसरमा नेपाल विद्यार्थी सङ्घ, ठाराब क्याम्पस एकाइले वृक्षरोपणलगायतका कार्यक्रम गरेको छ।
    ठाराब क्याम्पसमा आयोजित कार्यक्रममा महामानव विपी कोइरालाको तस्वीरमा कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य अनिल रूँगटाले माल्यार्पण गरेका थिए। यसैगरी, नेपाली काङ्ग्रेस, पर्साका कोषाध्यक्ष इम्तियाज आलम, नेता रामनारायण कुर्मी, अशोक गुप्ता, जिपी फाउन्डेशन पर्साका अध्यक्ष महम्मद सहाबुद्दीन, क्याम्पसका पूर्वप्रमुख डा प्रमोद कुशवाहा, उपप्राध्यापक दीपेन्द्र यादव, सहायक क्याम्पस प्रमुख रोशन लामिछाने, प्राध्यापक कन्हैया झा, नेविसङ्घ पर्साका अध्यक्ष विकाश तिवारी, पूर्वअध्यक्ष राकेश यादवलगायतले महामानव विपी कोइरालाको तस्वीरमा माल्यार्पण गरेका थिए।
    सो अवसरमा क्याम्पस परिसरमा वृक्षरोपण गरिएको नेविसङ्घ ठाराब क्याम्पस एकाइ अध्यक्ष मनोज साहले बताए। उनकै अध्यक्षतामा कार्यक्रम भएको थियो।
     यसैगरी, विपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्साले जयन्तीको अवसरमा मानव सेवा आश्रममा भोजन गराएको छ। आश्रममा रहेका आश्रितहरूलाई भोजन गराइएको मञ्चका अध्यक्ष हरेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेका पर्साका उपसभापति दिनाप्रसाद गुप्ता थिए।
    कार्यक्रममा श्याम पटेल, महम्मद सहाबुद्दीन, रोशन लामिछाने, मनोहर साह, जयप्रकाश गुप्ता, प्रीति सिंह, धीरज गुप्ता, दिपेश श्रीवास्तव, धर्मेन्द्र पटेल, दीपक गुप्तालगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here