माधव तिमल्सिना, ठोरी, २४ भदौ/
ठोरी गाउँपालिकामा बुधवार बिहान चट्याङ लागेर एकजना घाइते भएका छन्। खेतमा मकै कुर्न गएका ठोरी गापा–४ विजयबस्तीका ४१ वर्षीय तालबहादुर श्रेष्ठ चट्याङ लागेर घाइते भएको इलाका प्रहरी कार्यालय, ठोरीका प्रनि अशोक साहले बताए।
बिहान ३ बजे चट्याङ लागेपछि घाइते भएका श्रेष्ठलाई उपचारको लागि भरतपुर लगिएको छ। चट्याङ लागेर उनको शरीरको एकतिर समस्या भएको छ।
