कोभिड अस्पताललाई पानी, बिस्कुट सहयोग

प्रस, वीरगंज, २४ भदौ/
    चित्रगुप्त समिति, वीरगंजले कोभिड विशेष अस्पताल गण्डकलाई मिनरल वाटर तथा बिस्कुट सहयोग गरेको छ।
    वीरगंज–८ पानीट्याङ्की निवासी रामचन्द्र सिंहले ६ सय बोतल पानी तथा ३ सय प्याकेट बिस्कुट समितिलाई सहयोग गरेका थिए। सोही सामग्री नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभलाई समितिले हस्तान्तरण गरेको थियो। कार्यक्रममा चित्रगुप्त समितिका कोषाध्यक्ष डा आलोक दत्त, जुगलकिशोर श्रीवास्तव, डा वीरेन्द्र प्रधानलगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण महेश दासले गरेका थिए।
    यसअघि पनि चित्रगुप्त समितिले कोभिड विशेष अस्पताल गण्डकलाई पानी, बिस्कुट सहयोग गरेको थियो।  

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्