ठोरीमा १५ जना घर फर्के

0
318

माधव तिमल्सिना, ठोरी, २४ भदौ/
    ठोरी गाउँपालिकामा तीनजना सङ्क्रमितसहित क्वारेन्टाइनमा रहेका १५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि घर फिर्ता भएका छन्।
    ठोरी गापा–१ का तीनजनामा भदौ ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। तीनजनासहित क्वारेन्टाइनमा शङ्कास्पद रहेका १२ जनाको स्वाब सङ्कलन गरिएको र उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि घर फिर्ता गरिएको स्वास्थ्य शाखा संयोजक रमेशराज थिङले बताए।  
    तीनजना सङ्क्रमित घर फर्केसँगै ठोरी गापा सङ्क्रमणमुक्त भएको छ। यसअघि सङ्क्रमित भएकाहरू वीरगंजमा उपचारपछि निको भई घर फर्किसकेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here