जितिया पर्वको शुभकामना

0
354


जनकपुर, २४ भदौ/रासस
    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउतले आज जितिया पर्वका व्रतालु महिलाप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वका माध्यमबाट देशभर नै आस्था र प्रेम कायम रहोस् भनी शुभकामना प्रकट गरेका छन्।
    तराई क्ष्Fेत्रका हिन्दू धर्मावलम्बी माताहरू आआफ्ना सन्तानको दीर्घायुका लागि जितिया पर्वमा उपवास बसेर जिमुतवाहन देउताको पूजा गरेर पर्व मनाउने गर्छन्। आजदेखि विधिवत् शुरू भई शुक्रवार बिहान यो पर्व सम्पन्न हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here