पटेर्वासुगौलीमा निजामती सेवा दिवस

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्


प्रस, पंचगावाँ, २२ भदौ/
    निजामती सेवा दिवस–२०७७ पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकाको कार्यालयमा मनाइएको छ।
    ‘स्वच्छ, सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन’ नाराका साथ गापाको कार्यालयमा मनाइएको निजामती दिवसको अवसरमा निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले सहकर्मी कर्मचारीलाई नागरिकको सच्चा साथीको रूपमा काम गर्न सुझाव दिए। उनले सरकारको सेवक सबै निजामती कर्मचारीको भूमिका आम नागरिकप्रति इमानदार हुनुपर्ने बताए।     

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस