प्रस, वीरगंज, २२ भदौ/
बाराको सुवर्णपुर गाउँपालिका–५ मा रहेको सीमा इलाकाबाट सशस्त्र प्रहरीले ४३ वटा खसी बरामद गरेको छ। भारतबाट लुकाइछिपाइ भित्र्याइएको अवस्थामा ४३ वटा खसी बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले बताए। सशस्त्र प्रनाउ निरञ्जन भण्डारी नेतृत्वको टोलीले खसी बरामद गरी आवश्यक कारबाईको लागि भन्सार कार्यालयमा दाखिला गराएको सप्रउ कर्णजीतले बताए।