उपचारको क्रममा बिरामीको मृत्यु

119

प्रस, वीरगंज, २२ भदौ/
    नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा एकजना शङ्कास्पद बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा, सपही–१ का २३ वर्षीय युवक रहेका छन्।
    उनको आइतवार राति ८ बजे नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए।
    आइतवार मध्याह्न साढे १२ बजे नारायणी अस्पतालमा भर्ना भएका युवकको राति अचानक मृत्यु भएको हो। उनको स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाइएको र सोमवार रातिसम्म आउने पिसिआर नतीजाले उनको मृत्यु कोरोना भाइरस सङ्क्रमणले भएको हो वा होइन खुल्ने अस्पतालका प्रवक्ता डा चौरसियाले स्पष्ट पारे। २३ वर्षीय युवकमा केही दिनदेखि कोभिड–१९ सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षणहरू ज्वरो आउने, सुक्खा खोकी, श्वासप्रश्वासमा समस्या देखिएको थियो।
    यसैगरी, शनिवार वीरगंजमा मृत्यु भएको पर्सा, बिरुवागुठीका १२ वर्षीय बालकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। उनको रिपोर्ट नेगेटिभ आएपछि उनको शव परिवारजनको जिम्मा लगाइ अन्त्येष्टि गर्न पठाइएको थियो। उनको पनि उपचारको क्रममा नारायणी अस्पतालमैं मृत्यु भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्