गरुडा घटनाको विरोधमा पर्सामा दलितद्वारा प्रदर्शन

131

प्रस, वीरगंज, २१ भदौ/
    दलित सङ्घर्ष समिति पर्साले रौतहटको गरुडामा यातना दिएर विजय महरा रामको हत्या गरेको विरोधमा कालिकामाई गाउँपालिकामा प्रदर्शन गरेको छ।
    स्थानीय दलित अगुवा जयकुमार पासवानको अध्यक्षता र दलित सङ्घर्ष समिति पर्साका लालबिहारी रामको प्रमुख आतिथ्यमा कालिकामाई गापामा मोटरसाइकल, साइकल –याली निकालिएको थियो। –यालीले गाउँपरिक्रमा गरेपछि मुडली गाउँमा कोणसभा गरिएको थियो। कोणसभामा सहभागीहरूले गरुडा प्रहरी मुर्दाबाद, प्रनाउ ज्ञानकुमार महतोलाई बर्खास्त गर, हत्याराविरुद्ध जाहेरी दर्ता गर, मानव अधिकारको रक्षा गर, दलितमाथिको शृङ्खलाबद्ध हमला बन्द गर, पीडितलाई न्याय र क्षतिपूर्ति देऊ जस्ता नारा लगाइएको थियो।
    कोणसभामा प्रमुख अतिथि लालबिहारी रामले दलितको हत्या पछिल्लो समयमा प्रदेश नं २ मा शृङ्खलाबद्धरूपमा भइरहेको र प्रदेश सरकार मौन रहेको आरोप लगाए। उनले दलितमाथि भएको अत्याचार, दमनविरुद्ध दलितहरू स्वयम् जागृत हुनुपर्ने बताए। दलित युवा दीपेन्द्र रामले विजय महरा रामको हत्यामा संलग्न ज्ञानकुमार महतोलाई कारबाई नभए दलित जनताले त्यसको न्याय गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।
    कोणसभा जयकुमार पासवानको अध्यक्ष्Fतामा भएको थियो भने सुब्बा राम, इकश पासवान, महेन्द्र पासवान, अम्बिका पासवान, चन्द्रिका राम, शम्भु पासवान, हरि पासवान, हरिलाल राम, देवनारायण पासवान, छोटेलाल राम, दीपेन्द्र राम, मुकेश पासवानलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण सङ्घर्ष समितिका सचिव मनोज रामले गरेका थिए।  

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्