अनमी सङ्क्रमित भएपछि सेवा बन्द, प्रसूति गराएका महिला/बच्चा जोखिममा

0
257

प्रस, पंचगावाँ, १९ भदौ/
    पटेर्वासुगौली गाउँपालिका–५ निचुटामा रहेको स्वFस्थ्यचौकीको बर्थिङ सेन्टरमा कार्यरत एकजना मात्र अनमी सङ्क्रमित भएपछि सेवा बन्द भएको छ।
    केही दिनअगाडि गर्भवती महिलाको उपचार सम्भव नभएपछि उनलाई वीरगंज पठाइएको थियो। वीरगंजमा ती गर्भवती महिलाको मृत्यु भएपछि उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो। ती महिलाको कन्ट्याक्ट टे«सिङमा अनमी परेकी थिइन्। अनमीको ५ दिनअघि स्वाब नमूना सङ्कलन गरिएको थियो।
    यो अवधिमा स्वास्थ्य चौकीमा रहेकी एकमात्र अनमीले ६ जना गर्भवती महिलाको प्रसूति गराएकी थिइन्। अहिले ती सबै उनको कन्ट्याक्ट टे«सिङमा पर्ने सम्भावना बढेको छ।
    स्वाब नमूना सङ्कलन गरिएपछि अनमीलाई कार्यक्षेत्रमा नखटाउनुपर्ने हो तर त्यसो नगरिएकोले अहिले उनीबाट प्रसूति भएका ६ जना महिला र तिनका बच्चाहरू पनि जोखिममा परेका छन्। निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले शुक्रवार एक दिन मात्र प्रसूति सेवा बन्द भएको र शनिवारदेखि अन्य अनमीलाई खटाएर सेवा सुचारु गर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here