प्रस, रौतहट, १८ भदौ/
प्रहरी हिरासतमा मृत्यु भएका विजय राम महराको प्रहरी यातनाबाट हत्या भएको भन्दै दोषीमाथि कारबाईको माग गर्दै पूर्वसांसदद्वय विश्वेन्द्र पासवान र रामप्रीत पासवान आमरण अनशनमा बसेका छन्। मङ्गलवारदेखि उनीहरू इप्रका गरुडाको मूलगेटअगाडि आमरण अनशनमा बसेका हुन्।
त्यस्तै, मृतक महराका परिवारजन, आफन्तले १० सूत्रीय मागसहित सङ्घर्ष समिति गठन गरेर इप्रकाअगाडि प्रदर्शन जारी राखेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कारबाई, पीडितलाई क्षतिपूर्तिलगायत १० सूत्रीय माग राखेका हुन्।
गत साउन ३१ गते सोही ठाउँका निरञ्जन रामको हत्या भएको घटनामा महरालगायत सातजनालाई प्रहरीले पक्राउ गरेको थियो। थुनामा रहँदा प्रहरीको यातनाबाट महराको मिर्गौलामा समस्या आएको र उनको उपचारको क्रममा मृत्यु भएको परिवारजनको आरोप छ।
घटना सम्बन्धमा पिस फर नेपाल दलित फाउन्डेशनले अभियुक्तहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा मुद्दा दायर गर्न लागेको पर्साका अध्यक्ष्F मनोज रामले बताए। उनले ५ जना अभियुक्तविरुद्ध मुद्दा दायर गरिने जानकारी गराएका छन्।