तीसजना किसानलाई युरिया मल

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पंचगावाँ, १७ भदौ/
साहस साना किसान कृषि सहकारी संस्था लि. सखुवाप्रसौनी गाउँपालिकाले किसानलाई युरिया मल बिक्री गरेको छ ।
वडा नं ६ लखनपुर, पर्सा टोलमा संस्थाले ३० बोरा युरिया मल बिक्री वितरण गरेको हो । बलुवा, महुवन, लखनपुरमा प्रतिकिसान एक बोराको दरले युरिया मल बिक्री गरिएको हो ।
साल्ट टे«डिङले युरिया मल उपलब्ध गराएपछि संस्थाले परल मोलमा भाडा थप गरेर मल बिक्री गरेको संस्थाका अध्यक्ष नरेश जयसवालले बताए । उनले किसानलाई धानबालीको लागि आवश्यक भएको बेलामा मल थोरै मात्रामा प्राप्त भएकाले धेरै किसान रित्तो हात फर्केको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस