प्रस, गरुडा, १७ भदौ/
रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठीका रामकिशोर राय यादवले हनुमान मन्दिर निर्माणका लागि भूमिदान गरेका छन् ।
मध्य रौतहटकै पुरानो गाउँ पुर्नीगेडहीको भगवती मन्दिरसँगै रहेको आप्mनो जमीनबाट यादवले दश धुर जमीन हनुमान मन्दिरको लागि दिएका हुन् । औपचारिकरूपमा वैदिक विधिबाट यादवले भूमिदान सङ्कल्प गरेका छन् । यादवका पिता भुटाराय यादवमार्पmत् ग्रामवासी र रसियाबाबालाई साक्षी राखेर हनुमान मन्दिर निर्माणको लागि भूमिदान सङ्कल्प गरेका हुन् ।
प्रचलित मूल्यमा हनुमान मन्दिरको लागि दान गरिएको जमीनको करीब तीन लाख रुपैयाँ पर्छ । हनुमान मन्दिरको नाममा जमीन पास गरेपछि मन्दिर निर्माणको औपचारिक प्रक्रिया अगाडि बढाइने जग्गादाता रामकिशोर यादवले बताएका छन् ।
भगवती मन्दिरसमेतको सेरोफेरोलाई कम्पाउन्ड वाल गर्नुपर्ने भएकोले हनुमान मन्दिरको सम्पूर्ण निर्माण कार्यमा दशदेखि पन्ध्र लाख रुपैयाँ लाग्ने र मन्दिर निर्माणको लागि विभिन्न स्रोतबाट चन्दा सङ्कलन गरिने यादवले बताए । हजारौं वर्ष पुरानो इतिहास रहेको पुर्नीगेडहीमा हनुमान मन्दिरको आवश्यकता स्थानीयले महसूस गरेपछि आपूmले नेतृत्व लिएको यादवको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here