-गणेशप्रसाद लाठ
वीरगंज र वरिपरिका क्षेत्रमा कोरोनाले महामारीको रूप लिएदेखि दिनहुँ एकपछि अर्को दुःखद समाचार सुन्नुपर्ने नियति नै भएको छ । जता हे-यो नकारात्मक समाचार, मन व्याकुल रहन्छ । सोमवार, भाद्र १५ गतेको कुरो हो । बिहान उठ्ने बित्तिकै मोबाइलतिर ध्यान गयो–श्रद्धेय चिरञ्जीवीलाल सरावगी ब्रह्मलीन भएको थुप्रै मैसेज आएको रहेछ । केही सोच्नै सकिनँ । निकै बेरसम्म ओछ्यानमैं घोरिएर बसिरहें । निस्सासिएको अनुभव भएपछि लामो सास लिए । स्वयंलाई सम्झाउने प्रयास गरें कसैले नचिताएर के हुन्छ ? उनलाई जानु थियो, गए । तर मन मान्न तयार भएन । थप समाचार खोतल्न थालें, उनका ज्येष्ठ छोरा, विजय सरावगीले पनि ह्वाट्सअपमा त्यही दुःखद सन्देश पठाएका रहेछन् ।
स्वर्गीय चिरञ्जीवीलाल सरावगीको तन्नेरी अनुहार आँखा अगाडि प्रकट भयो । मोटामोटी चालीस–पैंतालीस वर्ष पुरानो कुरो हुनुपर्छ । उनी बेलुकीपख पिताजीलाई भेट्न आइरहन्थे । नाताको हिसाबले उनी मेरा पिताजीलाई काका भनेर सम्बोधन गर्थे, तर व्यावहारिक रूपमा समकक्षी मित्र थिए । उनी प्रायः मोटरसाइकलमा आउँथे, कहिलेकाहीं स्पोटर््स साइकल चढेर नै आइदिन्थे । उनी पिताजीसँग घण्टौं लाईभुजा खाँदै संस्थागत कुरा गरिरहन्थे । उतिखेर मेरो किशोरावस्था थियो । उनको चिटिक्क परेको साइकल देखेर हुरुक्क हुन्थें । उनीहरूको गफ रोचक लाग्थ्यो, म ध्यानपूर्वक सुनिरहन्थें । गफ प्रायः कुनै न कुनै सामाजिक सेवासित जोडिएको हुन्थ्यो । उनको व्यक्तित्व मलाई निकै आकर्षक लाग्थ्यो ।
उनको एउटा गजब्बको बानी थियो । कसैसित कुनै कारणले जतिसुकै चित्त दुखे पनि सार्वजनिकरूपमा आरोप–आक्षेप लगाउँदैनथे । वैचारिक मतभिन्नता रहे पनि भेटघाट, सम्पर्क र संवाद गर्न धक मान्दैनथे । कतै बाहिर भए पनि आफन्त र मित्रहरूका सम्पर्कमा रहन्थे । मलाई अझसम्म सम्झना छ, उनी एउटा व्यापारिक प्रतिनिधिमण्डलका साथ होनोलुलु गएका थिए, त्यहाँबाट एउटा पोस्टकार्डमा पिताजीलाई सन्देश पठाए–हामी सुरक्षित पुगिसक्या छौं, चिन्ता नलिनुहोला । पछि थाहा पाएँ, त्यस्तो पोस्टकार्ड उनले थुप्रै ठाउँमा पठाएका रहेछन् ।
उतिबेला परोपकारी कामको लागि चन्दा सङ्कलन गर्ने उद्देश्यले आदर्शनगर रङ्गशालामा मैत्रीपूर्ण पूmटबल म्याचको आयोजन गरिन्थ्यो । खेलाडी हुन्थे– वीरगंजका लब्धप्रतिष्ठित व्यापारी, समाजका अगुवा, राजनीतिज्ञ र राष्ट्रसेवकहरू । रङ्गशालामा हिलैहिलो हुन्थ्यो, त्यो हिलोमा पूmटबल थोरै लडीबुडी धेरै हुन्थ्यो । त्यतिबेला ती पूmटबल खेलाडीहरूमा एकजना चिरञ्जीवीलाल सरावगी पनि हुन्थे । उनी गम्भीर भएर खेल्न चाहन्थे, तर अन्य खेलाडी प्रेमपूर्वक गोडा अड्याउँथे, हातले समाएर हिलोमा लडाउन खोज्थे । पूmटबल र गोल एकातिर खेल त हिलोमा लडाउने प्रतिस्पद्र्धामा परिणत हुन्थ्यो । खेलको अन्तमा खेलाडीको अनुहार चिन्न हम्मे पथ्र्यो । तिनताक हामी दर्शकहरूका लागि त्यही आकर्षण हुन्थ्यो । बिस्तारै त्यस्तो मैत्रीपूर्ण पूmटबल म्याचको आयोजन बन्द नै भयो । तर आज मनमा विचार उब्जन्छ– तिनताक त्यस्ता पूmटबल म्याचले समाजलाई एक सूत्रमा उनेको थियो ।
समय बित्दै गयो, बोर्ड सदस्यको रूपमा पहिलोपटक वीरगंज उद्योग वाणिज्य सङ्घमा पाइला टेक्दा उनी अध्यक्ष थिए । उनको सान्निध्यमा काम गर्ने अवसर पाउँदा मैले थुप्रै कुरा सिक्ने अवसर पाएँ । उनीभित्र केही अनौठा गुण थिए, उमेरको बन्देज मान्दैनथे, आपूmभन्दा आधा उमेरका व्यक्तिसित मिनेटमैं मितेरी लाउने काइदा जानेका थिए । अगाडिको मान्छे जति रोष अथवा क्रोधमा कुरा गरे पनि उनी आप्mनो संयम गुमाउँदैनथे । आफ्नो पक्ष राख्दा झर्केर बोल्दैनथे । नमीठो कुरो राख्नु पर्दा व्यक्तिविशेषलाई लक्षित गर्नुभन्दा विषयविशेषलाई लक्षित गरेर राख्थे । जतिसुकै ठूलो सामाजिक जिम्मेवारी दिंदा पनि नाइँ भन्दैनथे । अहोरात्र मिहिनेत गरेर काम फत्ते गरी छाड्थे ।
यी सबै खुबीका कारण उनी वीरगंजको बलियो धरोहरका रूपमा चिनिन्थे । दर्जनौं राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहमा नेतृत्वकारी भूमिका निर्वाह गरेर वीरगंज मात्र होइन, नेपालकै धरोहरमा स्थापित भए । लायन्स क्लब इन्टनेशनल, डिस्ट्रिक्ट ३२५ बीका गभर्नर भए, नेपाल मारवाडी परिषद्का केन्द्रीय अध्यक्ष भए । दर्जनौ सङ्घसस्थामा नेतृत्वकारी भूमिका निर्वाह गरे । विगत केही समयदेखि उनी अस्वस्थ रहन थालेका थिए । उनलाई अन्य शारीरिक वेथाका साथै बिर्सिने रोगले गाल्दै लगेको थियो । तथापि जतिखेर पनि भेट्दा सदाबहार सोधाइ हुन्थ्यो– तेरा हालखबर त ठीक ह ना ? चाची की तबियत तो ठीक रहव ह ना ? (तिमीलाई सञ्चो त छ ? काकीलाई कस्तो छ ?) यस्तायस्ता सयौं संस्मरण छन्, जुन मानसपटलमा निरन्तर घुमिराखेका छन् ।
उनी आज हाम्रो माझ रहेनन् भन्ने कुरा पचाउन गा¥हो भइरहेको छ । यो तीतो सत्य हो, नकार्नु कसरी ?
हामीले एउटा बलियो धरोहर, असल अभिभावक गुमाएका छौं । उनलाई सम्झेर मनमा बारम्बार एउटै कुरा गुन्जिन्छः कर्मयोद्धा मर्दैनन् कहिल्यै, रहन्छन् जीवित हृदयमा सबैको सधैं । पञ्चतŒवमा लीन हुने त शरीर हो, सम्झनाको आकाशगङ्गामा चम्किरहन्छन् एक उज्यालो तारा भई ।