रेडक्रस पर्साद्वारा चार स्थानमा प्याडल बेसिन जडान

137

प्रस, पोखरिया, १७ भदौ/
नेपाल रेडक्रस सोसाइटी पर्साले पोखरियामा दुई र जगरनाथपुर गाउँपालिकाका दुई स्थानमा प्याडल बेसिन जडान गर्नुका साथै सरसफाइ, खानेपानी र हातधुने कार्यक्रमका लागि सम्झौता गरेको छ ।
युनिसेफको सहयोगमा नेरेसो पर्साले पोखरिया नपा–४ स्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि, वडा नं ६ स्थित महोबनी पद्म मावि रानीगंज र जगरनाथपुर गापा–१ र ४ स्थित नेराप्रावि तथा नेरा आधारभूत विद्यालयमा प्याडल बेसिन जडान गर्नुका साथै चारवटै विद्यालयसँग कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत सम्झौता गरेको कार्यक्रम संयोजक उमेश मिश्रले बताए । उनले चारवटै विद्यालयलाई परियोजनाका लागि जनही रु १ लाख ४४ हजार उपलब्ध गराइएको
बताए ।
विद्यालयमा जडान गरिएको प्याडल बेसिन तत्कालका लागि क्वारेन्टाइनमा बस्नेहरूले उपभोग गर्ने र पछि विद्यालय सञ्चालन भएपछि विद्यार्थीहरूले हातधुने काममा प्रयोग गर्ने संयोजक मिश्रले बताए । कार्यक्रममा नेरेसो पर्साका सभापति वीरेन्द्रराज कँडेल, प्रधानाध्यापक व्यास महतो, पोखरिया नपाका वडाध्यक्ष लछुमन साह कानु, नेरेसो उपशाखा सभापति भगवानप्रसाद कुर्मी, शिक्षक महासङ्घका अध्यक्ष पर्वत ठाकुर, यसैगरी जगरनाथपुर गापा–१ र ४ का वडाध्यक्ष मगरुराउत गद्दी र प्रभुनाथ नुनिया, प्रधानाध्यापकद्वय दीनानाथ महतो, चन्देश्वर यादवलगायतको सहभागिता थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्