घरेलु मदिरा उत्पादन/ओसारपसार रोकिएन

बलिराम शुक्ला, बिरुवागुठी, १६ भदौ/
    पर्सागढी नगरपालिका–३ झबराहामा अवैध घरेलु मदिरा उत्पादन तथा ओसारपसार अझै रोकिएको छैन।
    झबराहाबाट दैनिक हजारौं लिटर अवैध घरेलु मदिरा उत्पादन हुने र सो मदिरा पुरुष तथा महिलाहरूले साइकल, मोटरसाइकलमा राखेर बारा, पर्साको गण्डक, चण्डालचोक, जानकीटोला, डोकैला बजार, जीतपुर, सिमरालगायत भारतसम्म पु–याउने गरेका छन्। केही महिला एकाबिहानै रक्सीको भारी बोकेर नजीकैका बजार, होटलहरूमा पु–याउने गर्छन्।
    कोरोना महामारी बढिरहेको समयमा पनि अवैध घरेलु मदिरा उत्पादन र ओसारपसार हुँदा स्थानीय प्रहरी प्रशासन मौन देखिएको छ। प्रहरी प्रशासनलाई महीनावारी दिएर मदिरा उत्पादन र ओसारपसार खुलेआम भइरहेको स्थानीयको आरोप छ। मिलनचोक, बडनिहार, मनवा, रङ्गपुर, डोकैलाचोकलगायत स्थानमा प्रहरी चौकी छ तर घरेलु मदिराको तस्करी रोकिएको छैन।
    घरेलु मदिरासेवनका कारण समाजमा महिला हिंसा, घरेलु हिंसा, हत्या, बलात्कार र दुर्घटनामा वृद्धि भइरहेको स्थानीयले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here