गरुडा नपाको पाँचौं नगरसभा सम्पन्न

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट, १६ भदौ/
    गरुडा नगरपालिकाको पाँचौं नगरसभा सोमवार सम्पन्न भएको छ। भौतिक दूरी कायम गरेर नगरपालिकाले नगरसभा सम्पन्न गरेको थियो।
    नगरपालिकाको सभाकक्षमा भएको नगरसभामा आव २०७७/०७८ मा नगरको समग्र विकासका लागि रु ६४ करोडको आय/व्ययसहितको बजेट प्रस्तुत गरिएको थियो।
    चालू आवमा नगरको विकासका लागि गरुडा नगरपालिकाले नगरसभाबाट रु ६४ करोड ८६ लाख ६७ हजारको बजेट पारित गरेको नगरप्रमुख इनुराय यादवले बताए।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महम्मद मुस्ताक आलमले चालू आवको लागि वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आयलगायत बजेट प्रस्तुत गरेका थिए।
    शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विद्युत्, भौतिक पूर्वाधार निर्माणलगायतलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत आलमले बताए। विगतमा नगरप्रमुख तथा उपप्रमुखबीच विवादका कारण नगरसभा हुन सकेको थिएन।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस