निषेधाज्ञा उल्लङ्घन गर्ने सवारीसाधन दण्डित

प्रस, वीरगंज, १६ भदौ/
    निषेधाज्ञा उल्लङ्घन गरेको कसूरमा सोमवार र मङ्गलवार पर्सा प्रहरीले वीरगंज महानगरको घण्टाघर क्ष्Fेत्रमा सवारीसाधनहरूलाई कारबाई गरेको छ।
    तोकिएको क्षेत्रका बाहेक सञ्चालित मोटरसाइकल, जीप, कार, भ्यानहरूलाई नियन्त्रणमा लिएर कारबाई गरिएको हो।
    जिल्ला प्रहरी कार्यालय, पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको संयुक्त टोलीले सवारीसाधनहरूको चेकजाँच गरेको र निषेधाज्ञामा सञ्चालन हुन तोकिएको क्षेत्रबाहेकका सवारीसाधनहरूलाई रु १ हजार जरिवाना गराएर छाडिएको थियो।
    सोमवार र मङ्गलवार ५२ वटा मोटरसाइकललाई दण्डित गरी छाडेको प्रहरीले जनाएको छ। यसैगरी, दण्ड जरिवाना नतिरेका केही जीप, कार, मोटरसाइकललाई सोही ठाउँमा नियन्त्रणमा लिएको थियो।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्