पोखरिया अस्पतालको ओपिडी सेवा शुरू

प्रस, पोखरिया, १६ भदौ/
    पोखरिया अस्पतालको ओपिडी सेवा मङ्गलवारदेखि शुरू भएको छ। अस्पतालका चारजना चिकित्सक, १२ जना स्वास्थ्यकर्मी गरी १६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सेवा शुरू भएको हो।
    उनीहरू सङ्क्रमित भएपछि साउन २६ गतेदेखि अस्पतालको आकस्मिक र गाइनोबाहेकका सेवा बन्द गरिएको थियो। अस्पतालका मेसु डा अनिल यादव स्वयम् सङ्क्रमित भएका थिए। उनले चिकित्सक र स्वास्थ्यकर्मी स्वस्थ भएपछि ओपिडी सेवा सुचारु गरिएको बताए।
    उनले अन्य सेवाहरू पनि क्रमिकरूपमा शुरू गरिने आश्वासन दिएका छन्। पोखरिया अस्पतालको एक्स–रे, भिडियो एक्स–रे र प्रयोगशालाको सेवा अहिले बन्द छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्