हिरासतबाट थुनुवा फरार

115

प्रस, सिम्रौनगढ, १६ भदौ/
    रौतहटको गौरमा बलात्कारको आरोपमा पक्राउ परेका एकजना थुनुवा प्रहरी हिरासतबाट सोमवार फरार भएका छन्।
    फरार हुनेमा गौर नगरपालिका–४ का २२ वर्षीय रोहितकुमार यादव रहेको प्रहरीले जनाएको छ। गाउँकी एकजना १८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा यादवलाई प्रहरीले आइतवार पक्राउ गरेको थियो। उनलाई सोमवार म्याद थप गरी कोरोना पिसिआर परीक्षणको लागि प्रहरीले टेलिकमनजीकको एउटा घरमा रहेको क्वारेन्टाइनमा राखेको थियो। शौचालय गर्ने बहानामा युवक फरार भएको प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्