बैंकिङ सेवा बन्द हुँदा समस्या

0
241

प्रस, बिरुवागुठी, ३१ साउन/
    पर्सागढी नगरपालिकामा रहेको एकमात्र निजी बैंक निषेधाज्ञाको कारण बन्द हुँदा समस्या बढेको छ।
    जिल्ला प्रशासन कार्यालय, पर्साले साउन १९ गतेदेखि जिल्लाभरि निषेधाज्ञा जारी गरेपछि पर्सागढी नपामा रहेको सानिमा बैंकको सेवा बन्द भएको थियो। सेवा बन्द गरिएपछि व्यापारी, किसान, ज्येष्ठ नागरिकहरूले सञ्चित गरेका रकम झिक्न पाएका छैनन्। बैंकिङ सेवा सञ्चालन नहुँदा निषेधाज्ञामा समस्या भएको उनीहरूले बताए।
    निजी क्षेत्रका बैंक अधिकांश समय खुल्ने भएकाले त्यसैमा सञ्चय गरिएको तर अहिले ती बैंक बन्द भएपछि निषेधाज्ञामा समस्या भएको बैंकका सेवाग्राहीहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here