कालोबजारी गरेको आरोपमा दुईजना पक्राउ

0
175

प्रस, वीरगंज, ३० साउन/
जिल्ला प्रहरी कार्यालय, बाराले मलखादको कालोबजारी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।
शुक्रवार बिहान १० बजे कलैया उपमहानगरपालिका–१ राजदेवीटोलमा रहेको कुशवाहा बीज भण्डारका सञ्चालक कलैया उपमनपा–१७ बस्ने वर्ष ३४ का मुरारी साह तेली र आसकामिनीमाई कृषि सहकारी संस्था, कलैयाका कर्मचारी महागढीमाई नगरपालिका–७ का धनञ्जयप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। साल्ट टे«डिङ कम्पनी वीरगंजबाट अनुदानमा प्राप्त मल बढी मूल्यमा बिक्री गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाराबाट खटेको टोलीले आसकामिनीमाई कृषि सहकारी संस्थाबाट युरिया १९ बोरा, सल्फेट १४ बोरा र भारतीय युरिया मल २२ बोरा बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद भएका मल तथा पक्राउ परेका साह र तेलीलाई कालोबजार तथा सामाजिक अपराध सजाय ऐन अनुसार कारबाई भइरहेको जिप्रका, बाराले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here