रौतहटमा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि

0
177

प्रस, रौतहट, ३० साउन/
    गौर नगरपालिकाका १७ जनासहित २१ जनामा शुक्रवार कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
    गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७ जना, परोहा नगरपालिकाका ४ जना र गढीमाई, देवाहीगोनाही र चन्द्रपुर नगरपालिकाका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए। गौर नगरपालिका कार्यालयका ८ जना कर्मचारी, गौर नपा वडा नं. ५ का एकै परिवारका ५ जना १ जना पत्रकारलगायत १७ जनामा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमितको सम्पर्कमा आएकाहरूको खोजी कार्य शुरू भइसकेको फोकल पर्सन गुप्ताले बताए। सङ्क्रमितहरू घरमैं आइसोलेट भएका छन्। आइसोलेशनमा शय्या खाली रहे पनि सङ्क्रमितहरू घरमैं छन्।
    रौतहटका विभिन्न नगरपालिकाका ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here