गाँजासहित दुईजना पक्राउ

0
233

प्रस, सर्लाही, २७ साउन/
गाँजासहित सर्लाही प्रहरीले सोमवार राति दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका वडा नं २ का ५० वर्षीय सुरेश पासवान र ८ का २८ वर्षीय रवीन्द्र लामा छन् ।
प्रहरीका अनुसार उनीहरूलाई लालबन्दी नगरपालिका वडा नं. १० बाट राति साढे १० बजे २० किलो गाँजासहित पक्राउ गरिएको हो ।
बोरामा गाँजा बोकेर पैदल हिंडिरहेको अवस्थामा दुवैजनालाई नियन्त्रणमा लिएको सर्लाही जिल्ला प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here