युवक मृत फेला

0
232

प्रस, सिम्रौनगढ, २६ साउन/
बारा जिल्लाको पचरौता नगरपालिका–७ हुलाकी मार्गको डोरा खोलामा एकजना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । देवताल गापा–५ धुरा निवासी अन्दाजी ३० वर्षीय प्रदीप राम मृत अवस्थामा
फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रनाउ गौतम मिश्रले बताए ।
खोलामा बनाइएको कल्भर्टमा बिहान ठोक्किएर रामको मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी गराएका छन् । कल्भर्टदेखि दक्षिणतर्पm युवकको शव भेटिएको र त्यहीं मोटरसाइकल पनि भेटिएको उनले बताए । प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएको अनुमान गरिएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रवक्ता मिश्रले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here