निषेधाज्ञाको दोस्रो दिन जिल्लाका बजार सुनसान

0
206

प्रस, रौतहट, २५ साउन/
रौतहटमा जारी निषेधाज्ञाको दोस्रो दिन जिल्लाका सडकमा सवारीसाधन तथा आवतजावत शून्य देखिएको छ । बाहिरबाट आवागमन हुन सकेको छैन भने जिल्लाभित्र पनि कडाइ गरिएको छ।
रौतहटमा निषेधाज्ञा उल्लङ्घन गर्ने १५० जनालाई पक्राउ गरिएको छ भने १४४ वटा मोटरसाइकल, १९ वटा ट्रक, ७ वटा पिकअप भ्यान तथा ५ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिएका मानिस तथा सवारीसाधनलाई कारबाही गर्ने रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here