गाँजासहित दुईजना पक्राउ

0
224

प्रस, रौतहट, २४ साउन/
९ किलो गाँजासहित दुईजनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
रौतहट, चन्द्रपुर नपा–५ बाट बा.६४प ७३८१ नं.को मोटरसाइकलमा ९ किलो ३ सय ग्राम गाँजा लिएर गइरहेका चन्द्रपुर नपा–१ बस्ने उमेश रानामगरलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका मगरले सो गाँजा चन्द्रपुर नपा–१० परडिया टोल बस्ने किशोरी पडित कुम्हारलाई बिक्री गर्न लगेको बयान दिएपछि किशोरीलाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here