बडनिहारमा जन्माष्टमी मेला नलाग्ने

0
277

प्रस, बिरुवागुठी, २४ साउन/
पर्सागढी नगरपालिका–३ पकडिया बडनिहारमा यस वर्ष जन्माष्टमीको मेला नलाग्ने भएको छ।
कोरोना सङ्क्रमणको कारण लकडाउन शुरू भएदेखि मठमन्दिर, मस्जिद, चर्च बन्द गरिएकोमा अहिलेसम्म नखुलेको र सरकारले भीडभाड हुने गरी कुनै पनि सभा, समारोह, मेला आदि नगर्न निर्देशन गरेको कारण साउन २७ गते पर्ने जन्माष्टमी मेला नहुने भएको हो। विगत ३५ वर्षदेखि पकडिया बडनिहार बजारमा जन्माष्टमी मेला धूमधामका साथ हुने गरेको तर यस वर्ष सङ्क्रमणको भयले मेला नहुने बजार समितिका अध्यक्ष टङ्कबहादुर क्षत्रीले बताए। उनले सो दिन भीडभाड नहुने गरी सामान्य पूजापाठ मात्र गरिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here