राधेश्याम पटेल, वीरगंज, १५ भदौ/
वीरगंजमा भएको ४ सय ३९ वटा स्वाब परीक्षणबाट ८ महिला र ३३ पुरुष गरी ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। आइतवार अबेर राति नारायणी अस्पतालले सार्वजनिक गरेको नतीजा अनुसार पिसिआरतर्फ पर्साका ३२, बाराका चार र सर्लाहीका एकजना र जिन एक्सपर्ट परीक्षणतर्फ पर्साका थप तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि कुल ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार सङ्क्रमितहरूको उमेर ६ वर्षदेखि ७० वर्ष छ। सर्लाही रामनगर गाउँपालिकाका एकजना, बारा केल्हवी नगरपालिकाका तीनजना, महागढीमाई नगरपालिकाका एकजना गरी चारजना रहेका छन् भने पर्साका ३२ जनामा वीरगंज ११ नम्बर वडाका १२ जना, २० का दुईजना, २ का तीनजना, १५ का एकजना, १३ र ५ नम्बर वडाका एकएकजना रहेका छन्। त्यसैगरी जिन एक्सपर्टमा पोजेटिभ देखिएका तीनजना पनि पर्साकै बासिन्दा भएको नारायणी अस्पतालकी प्रमुख प्याथोलोजिस्ट डा. नीरा पाठकले जानकारी गराइन्।