पर्सा र रौतहटमा करेन्ट लागेर दुईजनाको मृत्यु

128

प्रस, पंचगावाँ, ११ भदौ/
    सखुवापरसौनी गाउँपालिकामा गएराति करेन्ट लागेर टेलिकम कर्मचारीको मृत्यु भएको छ।
    सखुवापरसौनी गापा–३ कौवावन कटैयामा टेलिफोनको टावरमा विद्युतीय तार जडान गर्ने क्रममा सनसाइन गु्रप नेपालका कर्मचारी मोरङ जिल्ला विराटनगर महानगरपालिका–३५ का वर्षीय हरि थापाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
    इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले थापा करेन्ट लागेर घाइते भएपछि उनलाई उपचारको लागि वीरगंज ल्याउने क्रममा बाटोमा मृत्यु भएको बताए।
प्रस, रौतहट/
    बौधीमाई नगरपालिका सरमुजवामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। कचोर्वामा काम गरिरहेका ३५ वर्षीय रूपन दासलाई बिहीवार बिहान १० बजे करेन्ट लागेको थियो। दासको घटनास्थलमैं मृत्यु भएको नेकपा प्रदेश नं २ का सदस्य सरमुजवा निवासी त्रिभुवन साहले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्