तीन वर्षपछि प्रयोगशाला सञ्चालनमा

167

प्रस, पंचगावाँ, १० भदौ/
    धोबिनी गाउँपालिका–२ स्थित प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरमा प्रयोगशाला सञ्चालनमा आएको छ।
    विगत तीन वर्षदेखि ट्रान्सफर्मर बिग्रिएको कारण प्रयोगशालाको काम रोकिएको थियो।
    विद्युत् अभावमा प्रयोगशालाका साथै अस्पतालले दिने अन्य सेवाहरू पनि प्रभावित थिए। भिखमपुर जनसामुदायिक विकास केन्द्रको पहलमा  नेपाल विद्युत् प्राधिकरण हेटौंडाले ट्रान्सफर्मर उपलब्ध गराएपछि बुधवारदेखि समस्या समाधान भएको हो।
    क्लबले ट्रान्सफर्मर ल्याउनका लागि आवश्यक भाडा खर्च जुटाइदिएको अध्यक्ष सन्तोष पटेलले बताए। उनलाई आज अस्पतालका स्वास्थ्यकर्मी नवनीत रौनियारले मायाको चिनो दिएर सम्मानित गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्