एकजना महिलासहित २८ जनाद्वारा रक्तदान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ८ भदौ/
    वीरगंज महानगर–११ श्रीपुर मस्जिद टोलमा सोमवार नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित २८ जनाले रक्तदान गरेका छन्।
    कोरोना सङ्क्रमण फैलिएसँगै रगत अभाव भएपछि उपशाखा रानीघाटले रक्तदान कार्यक्रमको आयोजना गरेको उपशाखा सभापति दिनानाथ रौनियारले बताए। नेरेसो पर्साका उपमन्त्री नैना खातुनले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेकी थिइन्। कार्यक्रममा सर्फुद्दीन हवारी, अब्दुल कलाम हवारी, जाहिर अन्सारी, फिरोज अहमद, महम्मद तारिख हवारीलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस