प्रस, परवानीपुर, ८ भदौ/
पाँच वर्षदेखि फरार लागूऔषध कारोबारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ६७ वर्षीय नागेन्द्रप्रसाद कलवारलाई आइतवार पक्राउ गरेको हो।
पर्सा जिल्ला अदालतको फैसला अनुसार लागूऔषध गाँजा र चरेस मुद्दामा २०७२ माघ ४ गते ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो। कोरोना महामारीको बेला जिल्लामा निषेधाज्ञा जारी भएपछि उनी घरमा बसिरहेको सूचनाको आधारमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।