८० किलो गाँजा बरामद, तस्कर फरार

140


प्रस, सिम्रौनगढ, ६ भदौ/
    सशस्त्र प्रहरीले बाराको पचरौता नगरपालिका–८ लङ्डाचोकबाट ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ।
    शुक्रवार राति आठ बजे प्रदेश २ वाहिनीबाट खटेको सशस्त्र प्रहरीले ८० किलो गाँजा नियन्त्रणमा लिएको थियो। प्रहरीलाई देखेपछि गाँजा तस्करहरू फरार भएका थिए। चारवटा पोकामा रहेको सो गाँजा इलाका प्रहरी कार्यालय, सिम्रौनगढमा बुझाइएको प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्