महिलाहरूले सुरक्षित तरीकाले मनाए तीज


प्रस, पर्सागढी, ५ भदौ/
    पर्सागढी नगरपालिकाका महिलाहरूले घरमैं बसेर सुरक्षित तरीकाबाट हरितालिका तीज मनाएका छन्।
    शुक्रवार बिहान महिलाहरू खोला, धारामा नुहाएर भगवान् शिवको पूजापाठ गरेका थिए। आआफ्नो घरपरिवारका सदस्यहरूसँग उनीहरूले रमाइलो गरेर तीज मनाएका छन्।
    प्रत्येक वर्ष पर्सागढी नगरपालिकाका शिवालय बडनिहार, रामटोल, सबैया मन्दिरमा विशेष कार्यक्रमहरू हुने गर्दथ्यो। तर यस वर्ष कोरोना सङ्क्रमणको कारण महिलाहरू मन्दिर, सार्वजनिक स्थानमा नगई घरमैं सुरक्षित तरीकाले तीज पर्व मनाएका एकता युवा समाज बडनिहारका महिला सचिव हीरा अर्यालले बताइन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्