२०७७ भदौ ०६ गते शनिवारको प्रतीक दैनिक
d
काठ तस्करहरूले कोरोना महामारीको फाइदा उठाउँदै
प्रस, बिरुवागुठी, ५ भदौ/ कोरोना महामारीको फाइदा उठाउँदै काठ तस्करहरू सक्रिय भएका छन्। अहिले पर्साका राष्ट्रिय जङ्गलबाट व्यापक काठ तस्करी भइरहेको छ भने वनगस्ती टोलीले केही तस्करलाई पक्राउ पनि गरेको छ। वनगस्ती टोलीले पर्सागढी नगरपालिका–१ मनवा भटनी गाउँनजीकबाट चार थान सालको गोलियासहित साइकल नियन्त्रणमा लिएको छ। सबडिभिजन वन कार्यालय बडनिहारका जमदार मनोज सिंहको कमान्डमा खटेको […]
८६ जना सङ्क्रमित थपिए
प्रस, वीरगंज, ५ भदौ/पर्सा, बारा र रौतहटमा २६ महिलासहित ८६ जना सङ्क्रमित थपिएका छन्।नारायणी अस्पताल पिसिआर प्रयोगशालाले बिहीवार अबेर राति सार्वजनिक गरेको नतीजा अनुसार ४५० जनाको नमूना परीक्षणमा पर्साका ८०, बाराका ५ र रौतहटका १ जना गरी ८६ जना सङ्क्रमित थपिएका छन्। सङ्क्रमितहरू ७ देखि ७० वर्ष उमेर समूहका छन्।सङ्क्रमितहरूमध्ये नेशनल मेडिकल कलेजका चिकित्सक, स्वास्थ्यकर्मी, […]
८३० बोरा गुणस्तरहीन दाल नष्ट
प्रस, परवानीपुर, ५ भदौ/ जिल्ला प्रहरी कार्यालय, बाराले बिहीवार ८३० बोरा गुणस्तरहीन रहर र मसुरोको दाल नष्ट गरेको छ। कलैया उपमहानगरपालिका–७ स्थित यादव आइस एन्ड कोल्ड स्टोरबाट बरामद गरिएको ४५० बोरा रहर र ३८० बोरा मसुरोको दाल गरी कुल ८३० बोरा गुणस्तरहीन दाल आगो लगाएर नष्ट गरिएको जिप्रका, बाराले जनाएको छ। कोरोना महामारीको समयमा विपन्न, […]
वयोधा अस्पताललाई कोरोना परीक्षण गर्न रोक
आरके पटेल, वीरगंज, ५ भदौ/ वीरगंजस्थित नारायणी वयोधा अस्पतालले सरकारबाट अनुमति नलिई कोरोनाको पिसिआर परीक्षण गरेको खुलासा भएको छ। बितेको डेढ सातादेखि अस्पतालले सङ्कलन गरेको स्वाब काठमाडौं पठाएर परीक्षण गराउँदै आएको थियो। अनुमति नलिई स्वाब सङ्कलन गरी परीक्षण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय पर्साले परीक्षणमा रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बितेको […]
गढीमाई मन्दिरका पुजारीको देहावसान
प्रस, गरुडा, ५ भदौ/ बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको प्रसिद्ध गढीमाई मन्दिरका मूल पुजारीको देहावसान भएको छ। रौतहटको गुजरा नगरपालिका–३ सिमरी गाउँका स्थायी निवासी दुखन धामीको ७६ वर्षको उमेरमा शुक्रवार देहावसान भएको हो। बरियारपुरमा गढीमाईको मन्दिर स्थापना भएदेखि नै वंशानुगतरूपमा पूजा गर्दै आएका धामीको सिमरीस्थित घरमा पनि गढीमाई मन्दिर रहेको छ। हरेक दिन अनिवार्यरूपमा […]
महिलाहरूले सुरक्षित तरीकाले मनाए तीज
प्रस, पर्सागढी, ५ भदौ/ पर्सागढी नगरपालिकाका महिलाहरूले घरमैं बसेर सुरक्षित तरीकाबाट हरितालिका तीज मनाएका छन्। शुक्रवार बिहान महिलाहरू खोला, धारामा नुहाएर भगवान् शिवको पूजापाठ गरेका थिए। आआफ्नो घरपरिवारका सदस्यहरूसँग उनीहरूले रमाइलो गरेर तीज मनाएका छन्। प्रत्येक वर्ष पर्सागढी नगरपालिकाका शिवालय बडनिहार, रामटोल, सबैया मन्दिरमा विशेष कार्यक्रमहरू हुने गर्दथ्यो। तर यस वर्ष कोरोना सङ्क्रमणको कारण महिलाहरू […]
महिलाहरूले सुरक्षित तरीकाले मनाए तीज
प्रस, पर्सागढी, ५ भदौ/ पर्सागढी नगरपालिकाका महिलाहरूले घरमैं बसेर सुरक्षित तरीकाबाट हरितालिका तीज मनाएका छन्। शुक्रवार बिहान महिलाहरू खोला, धारामा नुहाएर भगवान् शिवको पूजापाठ गरेका थिए। आआफ्नो घरपरिवारका सदस्यहरूसँग उनीहरूले रमाइलो गरेर तीज मनाएका छन्। प्रत्येक वर्ष पर्सागढी नगरपालिकाका शिवालय बडनिहार, रामटोल, सबैया मन्दिरमा विशेष कार्यक्रमहरू हुने गर्दथ्यो। तर यस वर्ष कोरोना सङ्क्रमणको कारण महिलाहरू […]
भदैया मन्सुली धानको बाला सुक्न थाल्यो
प्रस, सेढवा, ५ भदौ/ भदैया मन्सुली धानको बालामा दाना नलाग्दै सुक्न थालेपछि किसानहरू चिन्तित भएका छन्। यो बाली रोपेको ६० दिनपछि बाला निस्किन थालेको र बालाहरूमा दाना नै नलागी सुकेको जीराभवानी गाउँपालिका–२ सेढवाका किसान रामजनम दास थारूले बताए। यस वर्ष समय–समयमा पानी परेकाले बाली सप्रे पनि दाना नलाग्दै बाला सुक्दा उत्पादनमा निकै –हास आउने किसान […]
त्रिशक्तिको गोदाममा आगलागी
प्रस, वीरगंज, ५ भदौ/ वीरगंज महानगरपालिका–१२ प्रतिमाचोकनजीकै रहेको त्रिशक्ति इन्टरनेशनल ट्रेडिङमा बिहीवार साँझ साढे सात बजे आगलागी भएको छ। मेशिनरी पाट्र्स भण्डारण गरिएको गोदाममा आगलागी हुँदा करीब डेढ करोड रुपैयाँको क्षति भएको ट्रेडिड्ढा सञ्चालक ध्रुव साहले बताए। मोबिल राखिएको गोदाममा अचानक आगलागी हुँदा मेशिनरी पाट्र्स जलेर नष्ट भएको उनले बताए। जिल्ला प्रहरी कार्यलय, पर्साकी प्रहरी […]