प्रस, सर्लाही, ४ भदौ/
    लालबन्दी नगरपालिकाको क्षेत्रमा बिहीवार एकै दिन २४ जना कोरोना सङ्क्रमित थपिएका छन्।
    बुधवार नगर क्षेत्रका २३८ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्न पठाइएको थियो। सोमध्ये २२९ वटा स्वाबको नतीजा बिहीवार आएको र प्राप्त नतीजामध्ये २४ जनामा कोरोना सङ्क्रमण देखिएको नगरको स्वास्थ्य शाखाले जानकारी गराएको छ।
    थपिएका २४ जनामध्ये हरिपुर नगरपालिकाका एकजना र बाँकी २३ जना लालबन्दी नगरपालिकाका छन्। लालबन्दीका सङ्क्रमितहरूमा बैंकका कर्मचारी एकजना छन्। त्यसैगरी, नगरपालिकाका कार्यालय सहयोगी एकजना र अरू बाँकी व्यापारी, व्यवसायी तथा केही सर्वसाधारण रहेको नगरको स्वास्थ्य शाखाले जनाएको छ।
    केही दिन पहिले पनि लालबन्दी नगर क्षेत्रका २२ जनामा कोरोना सङ्क्रमण देखिएको थियो। उनीहरूको कन्ट्याक्ट ट्रेसिड्ढो आधारमा पछिल्लो परीक्षण गरिएको हो। २३८ जनाको स्वाब नमूना पठाएकोमा ९ जनाको रिपोर्ट आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here