तीज, मोहर्रम सामूहिकरूपमा मनाउन प्रतिबन्ध

प्रस, रौतहट, ४ भदौ/
    जिल्ला प्रशासन कार्यालय, रौतहटले हिन्दूहरूको चाड तीज, ऋषि पञ्चमी र इस्लाम धर्मावलम्बीहरूले मनाउने ताजिया (मोहर्रम) पर्व सामूहिकरूपमा मनाउन प्रतिबन्ध लगाएको छ।
    बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै तीज, ऋषि पञ्चमी तथा मोहर्रम घरबाहिर भेला भएर सामूहिकरूपमा मनाउन प्रतिबन्ध लगाएको हो। साथै प्रशासनले सो चाडपर्व घरमैं बसेर सुरक्षित तरीकाले मनाउन आग्रह गरेको छ।
    सो निर्णयको उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० अनुसार कडा कारबाई गर्ने जिल्ला प्रशासन कार्यालय, रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले जनाएका छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्