मनोबल बढाउँ, कोरोनाबाट नआत्तिउँ

0

मृत्युदर बढ्दैमा कोरोना भाइरसबाट आत्तिनुपर्छ भन्ने छैन। रक्तचाप, मुटु, मिर्गाैला, दम, टिबी, बाथ र मधुमेहजस्ता रोगका कारण मृत्यु हुँदा पनि कोरोना भाइरसबाट मृत्यु भएको नकारात्मक कुरा मात्र आइरहेको छ।
कोरोना भाइरसभन्दा पहिले मानिसको मृत्यु भएको थिएन र, अनि किन डराउनु ? जन्म र मृत्यु कसैले टारेर टर्दैन। अहिले मर्ने मानिस कालगतिले मरेका हुन्। भाइरस र सङ्क्रमण हावाद्वारा फैलिने हो। हावालाई रोकेर रोक्न सकिन्छ ? हावामा नै भाइरस र सङ्क्रमण छ। यो हावाद्वारा फैलिने भाइरस र सङ्क्रमण हो। जाँच्ने हो भने कोरोना भाइरस प्रायः सबैमा देखिन्छ।
मानिसलाई विभिन्न रोगले पीडा पु–याएको हुन्छ। कोरोना सङ्क्रमणको अवस्थामा प्रायः अस्पतालमा स्वास्थ्यकर्मी र चिकित्सकहरूबाट उपचार नपाएर मृत्यु हुनु नै दुःखद कुरा हो। स्वास्थ्यकर्मीबाट समयमा उपचार नपाउनु नकारात्मक पक्ष हो। जटिल र गम्भीर कुरामा सरकारले ध्यान दिनुपर्ने हो तर मुलुकमा सरकार छ कि छैन नागरिकलाई अनुभूति छैन।
के लकडाउन र निषेधाज्ञा लागू गरेर कोरोना सङ्क्रमणको समाधान हुन्छ ? कोरोना नियन्त्रण नभए निषेधाज्ञा र लकडाउन कहिलेसम्म ? मुलुकको अर्थतन्त्रले यसको निरन्तरतालाई धान्न सक्छ ?
निषेधाज्ञा र लकडाउन दुई र तीन हप्ता बढाएर कोरोना सङ्क्रमण नियन्त्रण हुँदैन। निषेधाज्ञा र लकडाउन लागू हुन्जेल नियन्त्रण होला। खुलेपछि पुनः बढ्छ। फेरि निषेधाज्ञा जारी गर्ने ? कोरोना पाँच वर्षमा पनि नियन्त्रण भएन भने कति दिन लकडाउन र निषेधाज्ञा चलाउने ? मुलुकको अर्थतन्त्रले लामो समयको निषेधाज्ञा र लकडाउन थेग्न सक्छ ? मेरो विचारमा कोरोना एक वर्षमा पनि नियन्त्रण हुँदैन। रुघाखोकी पनि सरुवा रोग हो, त्यस्तै कोरोना भाइरस पनि हो। कोरोना छेकेर छेकिन्न, घरमा बसे पनि लाग्छ। निषेधाज्ञा लागू गरेर मुलुकको आर्थिक अवस्थाले थेग्न सक्छ कि सक्दैन, त्यता पनि ध्यान दिन जरुरी छ। प्राकृतिक प्रकोप र महामारीसँग कसैको केही लाग्दैन। कोरोनाबाट जोगिन साबुनपानीले हात धुने, मास्क र सेनिटाइजर प्रयोग भने गर्नुपर्छ।
कोरोना महामारीमा मृत्युको आँकडा आउनेबित्तिकै नागरिकमा यति मानिसको मृत्यु भयो भनेर त्रास उत्पन्न हुन्छ रआत्तिन्छन्। कोरोना महामारी नआउँदा पनि कालगतिले दिनहुँ कैयौं गुना मानिसको मृत्यु हुन्थ्यो। त्यस बेला मर्ने मानिसको सङ्ख्या हाम्रो सरोकारको विषय बन्दैनथ्यो। अहिले मृत्यु हुनेको सङ्ख्या थाहा पाइरहेका छौं, फरक यतिमात्र हो।
निषेधाज्ञा लागू भएपछि महँगी बढेको छ। मुलुकमा भोकमरी लाग्यो भने जिम्मेवार को हुने ? मुलुकको अवस्था सिरिया, हाइटी र अफगानिस्तानजस्तो भयो भने को जिम्मेवार हुने ? कैयौं मुलुकमा लकडाउन र निषेधाज्ञाको अवधिमा नागरिकलाई भत्ता दिइएको छ। नागरिकका लागि सरकारले नयाँ–नयाँ योजना लागू गरेको छ। हाम्रो मुलुकमा लकडाउन र निषेधाज्ञा मात्र लागू छ ? ‘इम्युनिटी पावर’ कम भएपछि जुनसुकै रोग लागे पनि रोगले हेप्छ, यो सबैले बुझ्नुपर्ने कुरा हो। यस कारण इम्युनिटी पावर बढाउने पोषिलो कुरा खानुपर्दछ।
–राकेशकुमार शर्मा, हेटौंडा–२

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here