पर्सा, बारा र सप्तरीका ११७ जना सङ्क्रमित थपिए

175

राधेश्याम पटेल, वीरगंज, ३ भदौ/
    नारायणी प्रयोगशालाले मङ्गलवार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार पर्सा, बारा र सप्तरीका ३६ जना महिलासहित ११७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ। सोमध्ये पर्साका १११ जना, बाराका ५ जना र सप्तरीका एकजना रहेका छन्।
    पर्साको बहुदरमाई नगरपालिकामा ९० जना सङ्क्रमित भेटिएका छन्। यसअघि, बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्रप्रसाद साहलाई कोरोना पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूको परीक्षण गर्दा यति ठूलो मात्रामा सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ।
    ११४ जनामध्ये गण्डक अस्पतालमा उपचाररत वीरगंज–५ रेशमकोठीकी एकजना ४० वर्षीया महिलाको पनि रिपोर्ट पोजेटिभ आएको छ।
    त्यसैगरी, वीरगंज महानगरभित्र ६ जना, जीराभवानी गाउँँपालिकामा ४ जना र एकजना छिपहरमाई गाउँँपालिकाका रहेका छन्। नारायणी वयोधा अस्पताल गण्डकका ६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ। नेपाली सेनाको चण्डीप्रसाद गणका ४ जना सैनिक, भारतीय महावाणिज्य दूतावास वीरगंजमा कार्यरत एकजना ३४ वर्षीया महिला र सप्तरीका एकजना १८ वर्षीया महिला पनि सङ्क्रमित भएको नारायणी प्रयोगशालाले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्