१६५ किलो गाँजा बरामद

0
228

प्रस, निजगढ, १५ भदौ/
    सशस्त्र प्रहरी बेस क्याम्प कोल्हवीको टोलीले कारबाट १६५ किलो गाँजा बरामद गरेको छ।
    सोमवार बिहान ४ बजे सशस्त्र प्रहरीले कोल्हवी नगरपालिका–९ श्रीपुर नजीक रोकिराखेको एउटा कार चेकजाँच गर्दा १६५ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी कोल्हवी बेसका प्रमुख शुकबहादुर रानाभाटले बताए। उनले सशस्त्रको टोलीले सूचना पाएर सो क्षेत्रमा गश्ती गर्दा तस्कर समूह कार छाडेर भागेको र गाडी चेकजाँच गर्दा १६५ किलो गाँजा बरामद भएको उनले बताए।
    बरामद गाँजा र गाडी आवश्यक कारबाईको लागि जिल्ला प्रहरी कार्यालय, बारामा बुझाइएको प्रमुख रानाभाटले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here